Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालले दियो केन्यालाई २३१ रनको लक्ष्य

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले केन्यासामु दुई सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर दुई सय ३० रन बनाएको हो । नेपालका लागि लागि कप्तान रोहितकुमार पौडेलले ७८ रनको अद्र्धशतकीय पारी खेले । उनले ९५ बल खेल्दै सात चौका हाने । यस्तै देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्ले २५, वसिर अहमदले १७, आदिल अन्सारीले १४ र करण केसीले ११ रनको योगदान दिए । बलिङतर्फ केन्याका लागि नेहमिह ओढियाम्बो, शेम एन्गोचे र विराज पटेलले दुई दुई विकेट लिए । अहिले केन्याले जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि नेपालले केन्यासित शुक्रबार पहिलो एकदिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपाल सात विकेटले विजयी भएको थियो । सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग ९सीपीएल०खेल्न वेष्ट इन्डिज गएपछि नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन् । रासस
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२३
प्रतिक्रिया दिनुहोस्