नेभिगेशन
जीवनयापन

एमालेसँग एक्लै लड्नु बन्चारोले आफ्नै खुट्टामा हान्नु जस्तै हो: विष्णु पौडेल

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अन्य कुनै पनि पार्टीसगँ आफ्नो मात्रै खुट्टामा उभिएर एक्लै चुनाव लड्ने हिम्मत नभएको बताए । प्रेस चौतारी रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको सांगठनिक प्रशिक्षण कार्यक्रममा बोल्दै पौडेलले एमालेका विरुद्ध सबै दलहरुको अपवित्र गठबन्धन गर्दा पनि स्थानीय तहको निर्वाचनमा लोकप्रिय मत ल्याएको जिकिर गर्दै गठबन्धनको वैशाखी टेकेर एमालेसँग प्रतिष्पर्धा गरे पनि त्यो असफल हुने बताए । उपाध्यक्ष पौडेलले संवैधानिक कु गरेर आएकाहरु एमाले संग एक्लै लड्नु बन्चारोले आफ्नै खुट्टामा हान्नु जस्तै ठान्ने बताए । उनले एमाले एक्लै चुनाव लड्ने र निर्वाचनपछि सके बहुमतको त्यो नभए सबैभन्दा ठूलो दलको रुपमा एमालेले सरकारको नेतृत्व गर्ने बताए । उपाध्यक्ष पौडेलले गठबन्धनले एमालेका विरुद्ध विभिन्न झुठा भ्रमहरु सिर्जना गरेको भन्दै त्यस्ता भ्रमहरुलाई र्चिनका लागि कार्यकर्ताहरुलाई निर्देशन दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै