नेभिगेशन
जीवनयापन

नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

कैलाली– कैलालीको टीकापुरमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नम्बर २ स्थित मुलपानी तालमा डुबेर जानकी गाउँपालिका वडा नम्बर ८ का २० वर्षीया पुष्पराज उपाध्यायको मृत्यु इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ  । आज दिउँसो ४ बजेतिर नुहाउने क्रममा मुलपानी तालमा डुबेर अचेत भएका उपाध्यायलाई उपचारको लागि टीकापुर अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ  ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै