एमबाप्पे चम्किदा पीएसजीको जित
काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले नान्तेसलाई ३–० गोल अन्तरले हराएको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल गरे । नुनो मेन्डिसले एक गोल गरे । खेलको १८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए ।
२४ औं मिनेटमा फाबियोले रातो कार्ड पाएपछि नान्तेस १० खेलाडीमा समेटियो । खेलको ५४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा नुनोले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए । जितसँगै पीएसजीले ६ खेलमा १६ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ । नान्तेस ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:२३
प्रतिक्रिया दिनुहोस्