पोखरीमा नुहाएर मनाइयो कागेश्वरी मनहरा मेला (तस्वीरहरु)
काठमाडौँ– उपत्यकाको उत्तरपुर्वी कागेश्वरी मनहरा नगरपालिका १ मा अवस्थित कागेश्वरी महादेवमा मेला लागेको छ । वर्षमा एक पटक लाग्ने यस तीर्थस्थलमा हजारौँ दर्शनार्थीहरु दर्शन गर्न आउँछन् । कागले मान्छेलाई छुँदा अशुभ हुने र त्यसबाट मुक्त हुन आजको दिन कागेश्वरी मन्दिरको पोखरीमा नुहाउनु पर्ने धार्मिक मान्यता रहेको छ
किंवदन्ती अनुसार परापूर्व कालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेको र त्यसै बेलादेखि यस मन्दिरको नाम कागेश्वरी महादेव मन्दिर रहन गएको हो ।
सत्ययुगमा यस स्थानमा सती देवीको अङ्ग पतन भएर कागेश्वरी महादेवको शिवलिङ्ग उत्पन्न भएको हो भन्ने विभिन्न शास्त्रमा समेत उल्लेख गरिएको पाइन्छ ।रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पवित्र जल ल्याई कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छासमेत पूरा हुने जनविश्वास रहिआएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:१५
प्रतिक्रिया दिनुहोस्