दुर्गा ट्रेडर्सविरुद्ध ५ करोड ४६१ लाख माग दाबीसहित मुद्दा दायर
काठमाडाैँ– राजश्व अनुसन्धान विभागले दुर्गा ट्रेडर्सविरुद्ध मुद्धा दायर गरेको छ । विभागले ट्रेडर्सका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो ।
सञ्चालकसहित ट्रेडर्सका प्रोपाइटर सुमनकुमार श्रेष्ठका विरुद्ध समेत राजश्व चुहावट गरेको मुद्दा लागेको छ । यस्तै, पर्सा जिल्लाका राहुलकुमार जयसवालविरुद्ध समेत राजश्व चुहावटमा सहयोग गरेको मुद्दा लागेको विभागले जानकारी दिएको छ ।
विभागले नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर खरिद गरेर राजश्व चुहावट गर्ने दुर्गा ट्रेडर्सविरुद्ध कूल ५ करोड ४६ लाख ५१ हजार ३३८ रुपैयाँ मागदाबी गरेको छ । जसमा मूल्य अभिवृद्धि करतर्फ हुन आउने १ करोड ७१ लाख ३१ हजार १७० रुपैयाँ र आयकरतर्फ ३ करोड ७५ लाख १९ हजार १६८ रुपैयाँ मागदाबी गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:१३
प्रतिक्रिया दिनुहोस्