जित हासिल गर्न हरेक चिजलाई सही परिप्रक्ष्यमा राख्नुस्
साँचो भन्ने हो भने यो केवल एक जागिर हो । यो तपाईंको स्वास्थ्य, तपाईंको प्रेमजीवन, परिवार, बच्चा, तपाईंको जीवन या आफ्नो आत्मा होइन । यदी तपाईंको जागिर यी सबै कुराहरु भन्दा बढी नै महत्वपूर्ण छ भने वास्तवमा तपाईं गलत बाटोमा गइरहनुभएको छ ।
तपाईंको जागिर केवल एक जागिर हो । तपाईंलाई अवश्य नै पैसाको जरुरत पर्दछ ..यस्तै....यस्तै...।
अफिसमा खराब दिन गुजार्नुको अर्थ यो होइन कि तपाईंले
— निद्रा गुमाउनुहोस् ।
– खान छोडिदिनुहोस् ।
– सेक्समा रुचि नराख्नुहोस् ।
– बढी सिग्रेट पिउन थाल्नुहोस
– धेरै रक्सी पिउन थाल्नुहोस् ।
– नशालु पदार्थ सेवन गर्न थाल्नुहोस्
– चिडचिडा स्वभावको बन्नुहोस्
– डिप्रेशनको शिकार बन्नुहोस
– तनावग्रस्त बन्नुहोस् ।
तपाईंलाई थाहा नै होला कतिपय मानिसहरु अफिसमा खराब दिन विताएपश्चात यस्ता क्रियाकलाप गर्दछन् । तर तपाईंले आफूलाई शान्त राख्नु, कुरालाई गम्भीरतापूर्वक लिनु, जिन्दगीको आनन्द लिनु, चीजलाई सही परिप्रेक्ष्यमा राख्नुपर्दछ ।
तपाईंको केही रुचिहरु पनि हुनुपर्दछ । जिन्दगीको भरपुर आनन्द लिनुहोस् । तपाईंले जिउनको लागि काम गर्नुपर्दछ । काम गर्नको लागि जिउनु हुँदैन । अफिसको काम घरमा नल्याउनुहोस् । स्पष्टवादी बन्ने प्रयास गर्नुहोस् । आफ्नो परिवारलाई पहलो प्राथमिकता दिनुहोस् । आफ्ना बच्चाको साथमा समय बिताउनुहोस् । आफ्नो हरेक चीजलाई सही परिप्रेक्ष्यमा राख्नुहोस् । यही नै खुशीको मूलमन्त्र पनि हो ।
साभारः ‘तपाईंको जीत’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:३५
प्रतिक्रिया दिनुहोस्