नेभिगेशन
जीवनयापन

शरतचन्द्रका केही अमर वाणीहरु

१) वास्तवमा कलंक भन्ने वस्तु नै यस्तो छ कि मानिसहरु झुटो कलंकबाट पनि भयभीत नभई बस्न सक्दैनन् । २) स्वयम्ले कुरा नगरे पनि बाहिरबाट धेरै कुरा मानिसका कानमा प्रवेश गर्दछन् । कम बोल्नेहरुका लागि संसारमा यो दण्डको श्रृष्टि गरिएको छ । यसबाट बच्ने कुनै युक्ति पनि छैन । ३) कोही हिन्दू धर्म छोडेर धर्म ग्रहण गर्न मनमनै उत्सुक छ । यो सुन्दा धेरै नै दुःख लाग्दछ तर तिनलाई सान्त्वता दिऊँ भने पनि के भनेर दिऊँ ? अहिलेसम्म त म यो ठान्दथेँ कि तल्ला जातिले मात्र हिन्दू समाजमा अत्याचार सहने गर्छन् तर आज बुझ्दैछु कोही पनि उम्केको छैन । अर्थहीन विवेचनाले परस्पर एक अर्काको जीवनलाई गहु्रँगो बनाउनु नै मानौँ यो समाजको भित्री संस्कार हो । यस्ता अनेकौँ अन्यायका बीचमा जन्म लिएर मृत्युपर्यन्त हिँड्न राजी छन् तर प्रतिकारको प्रवृत्ति वा साहस यी दुवैमध्ये कुनै कुरा तिनमा छैन । ४) शास्त्रको हवला दिनेहरु के कहिल्यै शास्त्र अनुसार चलेका छन् ? शास्त्रमा राक्षस विवाह छ, असुर विवाह छ । शास्त्रमा क्षेत्रज सन्तान उत्पन्न गर्ने विधि छ । यदि आधुनिक समाजमा यी सबै कुरा शुरु भए भने यी आडम्बरीहरुले चाल पाउनेछन् । ५) मानिसहरु यस सत्यलाई कसै गरे पनि मान्दैनन् कि कालको सँगसँगै नियम पनि फेरिन्छन् । त्यसैकारण जबजब कुनै समयोपयोगी नयाँ पथको अवलम्वन गर्ने चेष्टा हुन्छन् त्यतिखे यिनीहरु भयले आकुल व्याकुल हुन्छन् । ६) मनुष्यले जति धेरै चाहना गर्छ, तिनलाई प्राप्त गर्ने शक्ति त्यति नै बढ्दछ । अभावमा विषय पाउनु नै जीवनको सफलता हो । त्यसलाई स्वीकार गरेर त्यसको दासता गर्नु कायरपन हो । ७) कुनै देश होस् वा कुनै जाति, जब समाजमा नारीको स्थान ज्यादै निम्न स्थामा पुग्छ तब शिशुको स्थान पनि तलै खस्किन्छ । साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै