नेभिगेशन
जीवनयापन

काँग्रेसबाट झापाका पाँचै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस

झापा– आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि  झापाका पाँचै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । काँग्रेसले प्रतिनिधिसभा सदस्यतर्फ झापा १, ३ र ४ को नाम एकल सिफारिस गरेको छ भने २ मा ६ जना र ५ मा पाँच जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस झापा जिल्ला पार्टी कार्यालयका अनुसार झापा १ मा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, झापा ३ मा नेता कृष्णप्रसाद सिटौला र झापा ४ मा कांग्रेसका जिल्ला सभापति देउकुमार थेबेको एकल नाम नाम सर्वसम्मत सिफारिस भएको छ । झापा २ बाट  केशवकुमार बुढाथोकी, सरिता प्रसाईँ, सुधीरकुमार शिवाकोटी, जलकुमार गुरुङ, छत्रबहादुर गिरी र नविनराज प्रसाईँको नाम सिफारिस भएको छ भने महेन्द्राकुमारी सुब्बा, डा. खगेन्द्र पाण्डव अधिकारी, विश्वदीप लिङदेन, पदमबहादुर पौडेल र मेदनीप्रसाद सिटौलाको नाम सिफारिस भएको पार्टीका जिल्ल सचिव नवीन विमलीले जानकारी दिए। प्रतिनिधिसभा समानुपातिकतर्फ झापा १ बाट ९ जना, २ बाट १४, ३ बाट ५, ४ बाट एक र ९ जनाको नाम सिफारिस भएको छ । प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ झापा १ (क) बाट ३ जना र (ख) बाट ३ जना, झापा २ (क) बाट ६ जना र (ख) बाट ७ जना, झापा ३ (क) बाट एकजना र (ख) बाट ३ जना, झापा ४ (क) बाट ७ जना र (ख) बाट ३ जना, झापा ५ (क) बाट ५ जना र (ख) बाट १० जनाको नाम सिफारिस भएको छ । प्रदेशसभा सदस्य समानुपातिक खुलातर्फ झापा १ (क) मा २ जना र महिलातर्फ ६ जना, (ख) मा खुलातर्फ एकजना र महिलातर्फ ३ जना, झापा २ (क) मा खुलातर्फ १४ जना र महिलातर्फ ७ जना र (ख) बाट खुलातर्फ ११ जना र महिलातर्फ ५ जना, झापा ३ (क) मा खुलातर्फ १४ जना र महिलातर्फ ७ जना, (ख) मा खुलातर्फ ६ जना र महिलातर्फ ६ जना, झापा ४ (क) मा खुलातर्फ ८ जना र महिलातर्फ ५ जना, (ख) मा खुलातर्फ ३ जना र महिलातर्फ २ जना तथा झापा ५ (क) मा खुलातर्फ ४ जना र महिलातर्फ २ जना र (ख) मा खुलातर्फ ११ जना र महिलातर्फ ४ जनाको नाम सिफारिस भएको छ । क्षेत्रीय समितिहरूले निर्णय गरी जिल्ला समितिमा पठाइएका यी नामहरू प्रदेश समितिमा पठाइने नेपाली कांग्रेस झापाले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै