नेभिगेशन
जीवनयापन

२२ लाख मूल्य बराबरको अवैध कपडासहित दुई वटा सवारी साधन नियन्त्रण

झापा । दसैँ–तिहार नजिकिएसँगै झापामा अवैध सामानहरू धमाधम भित्रन थालेका छन् । सँगसँगै प्रहरीले पनि सीमा क्षेत्रमा निगरानी बढाएको छ । यस क्रममा झापाको दमक नगरपालिका–८ बाट अवैध कपडासहित दुई वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो साढे १ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमकको पशुहाट डाँडास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्रदेश १–०१–००१ ज ३४३८ नम्बर र  मे. १ ज २८०४ नम्बरको पिकअप गाडीबाट विभिन्न प्रकारका कपडा बरामद गरेको हो । बरामद गरिएको करिब २२ लाख ६ हजार मूल्य बराबरको अवैध कपडासहित दुई वटा पिकप गाडी र दुवै सवारी चालकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यसैगरी विशेष सूचनाको आधारमा आइतबारै दिउँसो इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले झापाको बाह्रदशी गाउँपालिका–३ राजगढ बजारको पशुहाट खाली सार्वजनिक स्थानमा भन्सार छली अवैध रूपमा चोरी पैठारी गरी भारतबाट नेपालमा ल्याई राखेको दुई हजार किलो चिनी बरामद गरेको छ । बरामद गरेको उक्त चिनी आवश्यक कारबाहीको लागि भद्रपुर भन्सारमा बुझाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै