नेभिगेशन
जीवनयापन

नयाँ बसपार्क क्षेत्रमा महानगरकाे डाेजर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गोङ्गबुमा रहेको नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतवार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज सोमवार महानगरपालिका २६ मित्रनगरमा अवैधरूपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो । वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीले जथाभाबी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने काम सुरु गरिएको जानकारी दिए । महानगरपालिकाले भूमिगत पार्किङ मिचेर बनाइएका दोहोरी साँझसमेत हटाइको हो । आज नयाँ बसपार्कमा रहेको मित्रनगर प्रवेशद्वारदेखि म्हैपीसम्मका अवैध संरचना हटाइने उनको भनाइ छ । मित्रनगर विकास तथा टोल सुधार समितिकी उपाध्यक्ष गङ्गा पन्तले सुन्दर मित्रनगर निर्माणका लागि महानगरपालिकाले गरेको काम सराहनीय भएको बताइन् । ‘मित्रनगर क्षेत्रलाई व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि यस्तो कार्यले सहयोग पुग्छ’, उनले भनिन् । काठमाण्डौ महानगरपालिकाले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयवासीको भिड लागेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीले बल प्रयोग गरेर भिड हटाएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै