Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालको कप्तानी एन्जिलाले गर्ने

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार प्रि-म्याच कन्फरेन्समा एन्जिलालाई कप्तानीको जिम्मेवारी दिईएको जनाएको छ ।

नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा घाइते भएपछि कुमार थापाले एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएका हुन् । रेनुकाले घरेलु मैदानको साफ गुमाउने छिन् ।

‘मलाई कप्तान बनाउनु भएकोमा धन्यवाद। त्यो विश्वासलाई गुम्न दिने छैन,’ प्रि-म्याच कन्फरेन्समा एन्जिलाले भनिन् । यस्तै अमृता जैशीलाई उपकप्तान चयन गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भोलिबाट सुरु हुँदैछ । फाइनल खेल असोज ३ गते हुनेछ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

नेपाल सहज मानिएको ‘बी’ रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ । यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।

समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । यस्तै नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२२
प्रतिक्रिया दिनुहोस्