कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब डेढ डलरले बढ्यो
काठमाडाैँ– सोमबार विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब डेढ डलरले बढेको छ ।
आज बिहान ब्रेन्ट तेलको भाउ १.५१ प्रतिशत अर्थात १.४० डलरले बढेर प्रतिब्यारेल ९४.४१ डलरमा कारोबार भइरहेको छ ।
त्यस्तै डब्ल्यूटीआई कच्चा तेल १.४ प्रतिशत अर्थात १.२५ डलरले बढेर प्रतिब्यारेल ८८.१२ डलरमा कारोबार भइरहेको छ ।
कच्चा तेलको मूल्यमा उछाल आउनुको मुख्य कारण रुपमा ओपेक प्लस देशहरुको बस्न लागेको बैठकलाई लिइएको छ । यो बैठकमा तेल उत्पादक राष्ट्रहरुले उत्पादन कटौती गर्ने निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:५५
प्रतिक्रिया दिनुहोस्