नेभिगेशन
जीवनयापन

रामकुमारी झाक्रीलाई धक्काः नेकपा एसका जिल्ला अध्यक्ष र इन्चार्ज एमालेमै फर्किए

गुल्मी– नेकपा एकीकृत समाजबादी पार्टी सचीव तथा पुर्वमन्त्री रामकुमारी झाक्रीको गृहजिल्लामा नेकपा एमाले र समाजवादी बिच एकता घोषणा कार्यक्रम गरिएको छ । सोमबार नेपाल कम्युनिस्ट पार्टी एमाले गुल्मीको पार्टी कार्यालयमा एकता घोषणा कार्यक्रमको आयोजना गरेर नेकपा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी,जिल्ला ईन्चार्ज गणेश खनाल सहितका केही नेता एमालेमा फर्किएका छन् । एमाले पार्टीलाई सिद्याउन नभइ क्म्युनिट पार्टीको आन्दोलनको रुपान्तरण गर्नलाई आफुहरु १ बर्षअघि पार्टी बिभाजन हुँदा एकीकृत समाजबादी पार्टीमा गएको जिल्ला ईन्चार्ज गणेश खनालले बताए । आगामी मंसिर ०४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर केहिनेताले बिदेशीको इसारामा चल्ने र ब्यक्तिगत लाभले कम्युनिस्ट आन्दोलनले सार्थकता नपाउने भन्दै आफू लगाएतको टिम एमालेसँगको एकतामा लागेको इन्चार्ज खनालले बताए । इन्चार्ज खनालले भने– आगामी निर्वाचनबाट देशमा बामपन्थीको सरकार बन्न सक्यो भने मात्रै देशको राष्ट्रिय स्वाधीनताको रक्षा हुन्छ त्यसैले हामीले गुल्मी जिल्लाबाट देशभर एकताको सन्देश दिन खोजेका हौं । नेकपा एसप्रति विभिन्न आरोप लगाउँदै विनासर्त नेकपा एमालेमा समाहित भएका नेता तथा कार्यकर्तालाई एमालेका महासचिव प्रदिप ज्ञवाली र सचीव गोकर्ण बिष्ट लगायत एमालेका जिल्ला स्तरिय नेताले स्वागत गरेका हुन् । कार्यक्रममा बोल्दै नेपका एमालेका सचिव तथा पुर्वमन्त्री गोकर्ण बिष्टले एमाले पार्टीलाई थप बलोयो र सुदृढ गरेर अगाडि बढ्न एकताको कार्यक्रमले थप सहयोग पुग्ने बताए । कुनै समय पार्टीका देखिएका समस्या र विवादलाई लिएर केही शक्तीले पार्टीको बिभाजनको लागी मलजल गरेर फुटाएको सचीव बिष्टले आरोप लगाए । नेकपा एमालेले आम नागरिकको समस्यामामा आवाज उठाउदै सामाजिक अभियानलाई पूरा गर्ने मदत पुगेको उनले बताए । देशको स्रोत र साधनको परिचालन गरेर अगाडी बढ्न नसकेको आरोप लगाउदै नेकपा एमाले बिना समृद्व नेपाल सुखी नेपालको सपना पूरा नहुने पार्टीका उपमहासचिव तथा पुर्वीमन्त्री प्रदीप ज्ञवालीले बताए । पुर्वमन्त्री ज्ञवालीले भने पार्टिका कार्यकर्ता कुनै इन्जिनका पुर्जा होइनन जति बेला साचोले खोल्दा खुल्ने र चल्ने त्यसैलाई स्वतन्त्र अधिकार प्रयोग गर्नसकिने उनले सुझाव दिए । पुर्वमत्री ज्ञवालीले भने प्रतिपक्ष नेकपा एमालेसङ्ग निर्वाचनमा लढ्न सत्तापक्षले आठ दलको गठबन्धन बनाएर चुनाब लड्दै छ । देशमा एमालेपार्टी बाहेक अरुपार्टीले मुलुकलाई राजनितिक स्थिरता र लथालिङ्ग भएको अर्थतन्त्रलाई चलायमान बनाउन कसैले नसक्ने दाबी गरे । यद्यपी, समाजवादीले विज्ञप्ती जारी गर्दै एकता भएको खण्डन गरेको छ । त्यस्तै, पार्टीले दुबैजनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएको छ । यस्तो छ विज्ञप्ति  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै