नेभिगेशन
जीवनयापन

थप २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय १९ पिसिआर परिक्षणका क्रममा १ सय २२ जना र २ हजार ५ सय ३९ एन्टीजेन परिक्षणका क्रममा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय ६ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार ४ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै