नेभिगेशन
जीवनयापन

सल्यानमा ट्रकले किचेर बालकको मृत्यु

सल्यान — सल्यानमा ट्रकले किचेर एक बालकको मृत्यु भएको छ । शारदा नगरपालिका १ श्रीनगर बजारमा लु १ ख ९२५९ नम्बरको ट्रकले किचेर केशरबहादुर भण्डारीका ३ वर्षीय छोरा कृतिक भण्डारीको मृत्यु भएको हो । शारदा नगरपालिका १ श्रीनगरस्थित घरमै पार्किङ गरिराखेको ट्रकमा सामान लोड गर्ने भनी चालक चुडामणि बस्नेतले ट्रक चलाएर अगाडि बढाउने क्रममा एक्कासी ट्रकतर्फ आउँदै गरेका बालक कृतिकलाई पछाडिको टायरले च्यापेको थियो । टायरले च्यापेर गम्भीर घाइते भएका बालक भण्डारीको स्थानीय परोपकार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए । बालकको शव अहिले परोपकार अस्पतालमै राखिएको र चालक बस्नेतसहित ट्रक नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खनालले बताए । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै