राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने प्रचण्डको चेतावनी
जनकपुरधाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरे अदालत जाने चेतावनी दिएका छन् ।
जनकपुरधाममा सोमबार सञ्चारर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले राष्ट्रपतिलाई एक पटक मात्र विधेयक फिर्ता गर्ने अधिकार रहेको बताए ।
उनले भने, ‘राष्ट्रपतिले अब पुनः नागरिकता विधेयक फिर्ता गर्न मिल्दैन । उहाँ फिर्ता गर्नुहुन्न भन्ने विश्वास छ । तर प्रमाणिकरण नगरे अदालत जान्छौं ।’
अध्यक्ष प्रचण्डले आसन्न निर्वाचनका लागि दुईरतीन दिनभित्र सत्ता गठबन्धनमा सिट बाँडफाँड टुंगो लाग्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०४
प्रतिक्रिया दिनुहोस्