Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिला साफ मङ्गलबारबाट सुरु हुँदै

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने महिला साफ भोलि मङ्गलवारबाट सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । महिला साफको पाँच संस्करणमा नेपाल चार पटक उपविजेता बनेको छ । नेपालकै विराटनगरमा भएको पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो । नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा घाइते भएपछि एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएको हो । यस्तै अमृता जैशीलाई उपकप्तान चयन गरिएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले विगतलाई बिर्सिएर प्रतियोगितामा राम्रो गर्ने योजना रहेको बताउनुभयो । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल सहज मानिएको ‘बी’ रहेको छ । नेपालको समूहमा श्रीलङ्का र भुटान रहेको छ । यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ । यस्तै नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलङ्कासँग खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार