नेभिगेशन
जीवनयापन

लागुऔषधसहित दुई जना पक्राउ

पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिका वडा नं ७ का वर्ष २१ का सुरेश घर्ती मगर र धौलागिरी गाउँपालिका वडा नं। १ का वर्ष ३१ का नगेन्द्र थापा रहेका छन् । आइतबार लागुऔषध बोकेर पोखरा आउँदै गर्दा उनीहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुको साथबाट लागुऔषध डाइजापाम ५६ एम्पुल, फेनेरागन ५६ एम्पुल, नुर्फिन ५६ एम्पुल गरी जम्मा १६८ एम्पुल बरामद भएको कास्की प्रहरीका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । पक्राउ गरेका दुवैलाई लागुऔषध मुद्धामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै