नेभिगेशन
जीवनयापन

कांग्रेसद्वारा तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी

जुम्ला– जुम्लाको तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । १५ बुँदे माग राख्दै नेपाली कांग्रेस जुम्लाले आइतबार साँझदेखि तिला गाउँपालिकामा अनिश्चित कालीन तालाबन्दी गरेको हो । तिला गाउँपालिकाले गरेका कुनै पनि निर्णय कार्यान्वयन नभएपछि तालाबन्दी गरिएको नेपाली कांग्रेस जुम्लाका सहसचिव धनेन्द्र बोहोराले जानकारी दिए । उनका अनुसार १५ बुँदे माग सम्बोधन नहुँदासम्म ताला नखोल्ने कांग्रेसले चेतावनी दिएको छ । तिला हाइड्रोको डीपीआर, आइए, इआइए रिपोर्ट र खर्च विवरण सार्वजनिक गर्न पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर ताला लगाइएको सहसचिव बोहोराले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै