नेभिगेशन
जीवनयापन

पाँच दिनमा दुई हजार डेङ्गुका बिरामी

काठमाडौँ– स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार पाँच दिनमा दुई हजार २०२ जनामा डेङ्गुका बिरामी थपिएका छन् । गत भदौ १४ गते दुई हजार ८२७ जनामा डेङ्गुका बिरामी भेटिएकामा भदौ १९ गते पाँच हजार २९ जना भेटिएका छन् । सेप्टेम्बर महिनामा मात्र तीन हजार ७०८ जना डेङ्गुका बिरामी फेला परेका छन् । नेपालमा अहिले मुख्य काठमाडौँ, ललितपुर, मकवानपुर र रुपन्देही जिल्लामा सबैभन्दा बढी डेँगुका बिरामी पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार सबैभन्दा बढी ललितपुरमा एक हजार ८३२ जना बिरामी रहेका छन् । यस्तै काठमाडौँमा ८८८ जना, मकवानपुरमा ५९८ जना र रुपन्देहीमा ४३९ जना डेङ्गुका बिरामी भेटिएका छन् । गत भदौ १४ गते ललितपुरमा एक हजार ५६, रुपन्देहीमा ३७७ र काठमाडौँमा ३३२ जना डेँगुका बिरामी भेटिएका थिए । महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा यही बिहीबारदेखि हिजो ९आइतबार०सम्म मात्र ललितपुरमा १७४ जना, काठमाडौँमा १२४ जना र मकवानपुरमा ४० जना बिरामी भेटिएका छन् । असार १५ गतेदेखि सबैभन्दा बढी डेङ्गुका बिरामी देखिएका हुन् । असार १५ देखि यता मात्र चार हजार ९५७ बिरामी भेटिएका छन् । यो सङ्ख्या भनेको कुल बिरामीको ९८ प्रतिशत हो । प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ मा २२१ जना, मधेश प्रदेशमा ७९ जना, बागमती प्रदेशमा तीन हजार ७२७ जना, गण्डकी प्रदेशमा १०१ जना, लुम्बिनी प्रदेशमा ७७० जना, कर्णाली प्रदेशमा ३६ जना र सुदूरपश्चिम प्रदेशमा ९५ जनामा डेँगुका बिरामी रहेका छन् । बढी डेँगुका बिरामी १० जिल्लामा डेँगुका बिरामी सबैभन्दा बढी १० जिल्लामा रहेका छन् । ती १० जिल्लामा मात्र कुल बिरामीको ८४ प्रतिशत डेङ्गुका बिरामी रहेका छन् । ललितपुरमा एक हजार ८३२, रुपन्देहीमा ४३९ जना, काठमाडौँमा ८८८ जना, मकवानपुर ५९८, धादिङमा १११ जना, भक्तपुरमा ९९ जना, तेह्रथुममा ८८ जना, सिन्धुली ६६ जना, गुल्मीमा ५९ र सङ्खुवासभा ५७ जना बिरामी भेटिएका छन् । यी दश जिल्लामा मात्र चार हजार २३७ बिरामी रहेका छन् । नेपालमा यसअघि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९९२ जनामा डेँगुका बिरामी देखिएका थिए । त्यतिबेला सबैभन्दा बढी सुनसरीमा तीन हजार ४३१ जना, चितवनमा तीन हजार ४०२ जना, कास्कीमा दुई हजार ८२४ जना, काठमाडौँमा एक हजार ५८९ जना, ललितपुरमा ५९६ जना र झापामा ५२५ जनामा देखिएको थियो र छ जनाको डेङ्गुका कारणबाट ज्यान गएको थियो । नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । सन् २००६ मा ३२ जना, सन् २०१० मा ९१७ जना, सन् २०१३ मा ६८६ जना, सन् २०१६ मा एक हजार ५२७ जना, सन् २०१७ मा दुई हजार १११ जना, सन् २०१८ मा ८११ जना र सन् २०१९ मा डेङ्गु बढेको पाइन्छ । तीमध्ये सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९९२ जनामा डेँगुका बिरामी देखिएका थिए । त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेङ्गुको सङ्क्रमण कम देखिएको छ । सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेङ्गुका बिरामी देखिएका थिए । तराई–मधेशमा बढी देखिने डेङ्गु सन् २०१८ पछि भने पोखरा, काठमाडौँ जस्ता पहाडी सहरमा पनि देखा पर्न थालेको हो । उपत्यकामा लामखुट्टे बढेको र डेङ्गुका बिरामी पनि उपत्यका प्रवेश गरेका र ती बिरामीबाट अन्य मानिसलाई लामखुट्टेले रोग सार्ने गरेकाले उपत्यकामा डेङ्गुका बिरामी बढी देखिएका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै