नेभिगेशन
जीवनयापन

सुरक्षागार्ड गुरुङ थुनामुक्त

काठमाडौँ– मन्त्रीलाई लाइनमा बस्न आग्रह गर्दा उल्टै हिरासत पुर्याइएका गरूड सेक्युरिटिजका सुरक्षागार्ड शेरजंग गुरूङ थुनामुक्त भएका छन् । सोमबार गृहमन्त्री बालकृष्ण खाणको आदेशससँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले तारेखमा सुरक्षागार्ड गुरूङलाई थुनामक्त गर्न आदेश दिएको हो । आइतबार सुरक्षागार्ड गुरुङ ठमेलबाट पक्राउ परेका थिए । उनीमाथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोप लगाइएको थियो । मन्त्री श्रेष्ठ ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसमा पत्नीसहित जाँदा सुरक्षा गार्ड गुरूङले लाइनमा बस्न आग्रह गरेका थिए । त्यस विषयमा दुई बीचमा विवाद पनि भएको थियो । विवादपछि काम सकेर मन्त्री श्रेष्ठ गएलगत्तै सुरक्षा गार्ड गुरुङ पक्राउ परेका थिए । सुरक्षा गार्ड गुरुङले नियम कानुन सबैलाई बराबरी भन्दा उल्टै पक्राउ भन्दै मत्री श्रेष्ठविरुद्ध चौतर्फी आलोचना भइरहेको छ । मन्त्रीविरुद्ध सर्वोच्चमा निवेदन सुरक्षाकर्मी गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन पनि दर्ता भएको छ । सुरक्षाकर्मी गुङकी पत्नी आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै सोमबार सर्वोच्चमा निवेदन दिएकी हुन् । निवेदनमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, प्रहरी वृत्त दरवारमार्ग, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय अनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै