नेभिगेशन
जीवनयापन

यसरी बच्नुस् डेङ्गुबाट

काठमाडौँ– एकै ठाउँ जमेर रहेको सङ्लो पानीमा डेङ्गु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । त्यसैले धेरै समय बाहिर खुला रुपमा पानी राख्न हुँदैन । डेङ्गुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । साँझ–बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जाली ढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझ–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नु पर्दछ । वीर अस्पतालका उपनिर्देशक डा प्रज्ज्वल श्रेष्ठले पनि अस्पतालमा डेङ्गु रोगका बिरामी बढिरहेको जानकारी दिए । उनका अनुसार दैनिक दर्जनौँको सङ्ख्यामा डेङ्गुका बिरामी उपचार गर्न अस्पताल आइरहेका छन् । उनी डेङ्गुबाट बच्नका लागि सबैभन्दा पहिले आफैँ सचेत हुनुपर्ने बताउँछन् । अस्पतालमा अहिले पनि २९ जना बिरामीको उपचार भइरहेको उनले बताए । विगत २४ घण्टामा ३६ जनामा डेङ्गु देखिएको उनले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै