नेभिगेशन
जीवनयापन

कमाउनभन्दा सिक्न काम गर्नुपर्छ भन्ने हेनरिक इब्सनको सफलता

इब्सन व्यापारीको घरमा जन्मेको भए पनि १६ वर्षकै उमेरमा घर छोडेर स्वतन्त्र रुपमा बाँच्न थाले । यसै क्रममा काम खोज्दै जाँदा नर्वेजियन थिएटरमा एउटा स्टेज म्यानेजरको काम पाए । छ वर्षपछि उनले आफैं नाटक लेख्न थाले । उनी स्वभावले निडर एवम् विद्रोही पनि थिए । यहीकारण प्रचलित परम्पराको विरोधमा कलम चलाए । त्यसैले उनलाई देशबासीले चिन्न सकेनन् । फलस्वरुप इटाली र जर्मनीमा २८ वर्ष बिताए । त्यतिन्जेल उनी विश्वविख्यात भइसकेका थिए । उनको व्यंग्य शैली अत्यन्त तीखो छ । जस्तो— प्रायः मान्छे बाँच्दै नबाँची मर्छन्, सौभाग्य यो हो कि उनीहरूलाई यसको ख्यालसमेत हुँदैन । स्मरण रहोस्ः उनमा यति तीव्र पढ्ने इच्छा थियो कि उनले कैयौं पटक लुगासमेत बेचेर किताब किनेका थिए । साभारः ‘नव सफलता शास्त्र’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै