नेभिगेशन
जीवनयापन

वृक्षको विनम्रताः एक प्रेरक प्रसङ्ग

महात्मा बुद्ध कुनै उपवनमा विश्राम गरिरहेका थिए । तब बच्चाको एक हुल आए र रुखमा ढुंगा हानेर आँप झार्न थाले । एउटा ढुंगा बुद्धको टाउकोमा लाग्यो र उनको टाउकोबाट रगत बग्न थाल्यो । बुद्धको आँखामा आँशु आयो । तब बच्चाहरू डराएर बुद्धको चरण समाउन पुगे र क्षमायाचना गर्न थाले । बुद्धले भने, ‘बच्चा म यसकारणले दुःखी छु कि तिमीहरूले आँपको रुखमा ढुङ्गा हान्यौ, बदलामा उसले मीठो फल दियो । तर मलाई हान्दा तिमीहरूलाई मैले केवल भय मात्र दिन सकें । साभारः ‘प्रेरक प्रसङ्गहरू’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै