नेभिगेशन
जीवनयापन

महात्मा विदुरका केही अमर वाणीहरू

१. जो व्यक्ति विभिन्न देशको व्यवहार, भाषा र जातिको धर्म जान्दछ, ऊ बहुज्ञानी हुन्छ । ऊ सबैमाथि स्वामी भाव सधैं प्राप्त गर्दछ, सबैलाई आफ्नो वशमा पार्न सक्दछ । सबैमाथि प्रभाव जमाउन सक्छ । २. जो व्यक्ति दम्भ, मोह, मात्सर्य, पापकर्म, रागद्वेष, दुष्टता, चुक्ली लाउने, समुदायसँग शत्रुता, उन्मत्त र दुर्जनसँग विवाद गर्न छोडिदिन्छ, त्यसैलाई श्रेष्ठ मानिएको छ । जो राजा पापी, अत्याचारी, प्रजाशोषक छ उसको विरोध गर्नु मानिसको धर्म हो । मानिसले यस्ता राजाको विरोध आफ्नो सम्पूर्ण शक्तिले गर्नुपर्दछ । ३. जो व्यक्ति दान, यज्ञ, शुभ कर्म, प्रायश्चित, विविध लोक व्यवहार, नित्य गर्न योग्य कार्य गर्दछ, उसको उन्नति देवता स्वयम्ले गर्दछन् । ४. जो बुद्धिमान व्यक्ति आफू सरहको कुलमा नै विवाह सम्बन्ध गर्दछ, हीन कुलसँग सम्बन्ध राख्दैन, जो आफूसरहका व्यक्तिसँग नै मित्रता, लौकिक व्यवहार गर्दछ र आफ्ना गुणले श्रेष्ठ व्यक्तिलाई नै नेता, पुरोहित स्वीकार गर्छ, त्यसै व्यक्तिका नीति समाजमा सफल हुन्छन् । ५. जो सबैको कल्याण चाहन्छ, जो सत्यवादी, कोमल स्वभाव र जितेन्द्रिय छ त्यो उत्तम कोटीको मानिस हो । ६. जो आफ्ना सुखमा अत्याधिक मग्न हुँदैन र अर्काको दुःखमा दुःखी हुन्छ, जो दान दिएर पश्चाताप गर्दैन ऊ सज्जनका बीच श्रेष्ठ मानिन्छ । साभारः ‘महापुरुषहरूका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै