नेभिगेशन
जीवनयापन

यी हुन् आइसक्रिम खाँदाका फाइदा र बेफाइदा

गर्मी मौसममा आइसक्रिम खान कसलाई मन नपर्ला र ? आइसक्रिमको क्रेज जाडोबाहेक प्रायः सबै मौसममा उस्तै हुन्छ । अझ अहिले बजारमा विभिन्न स्वादमा आइसक्रिम पाइन्छन् । सजिलै बजारमा उपलब्ध हुने र खाँदा स्वादिष्ट हुने आइसक्रिम प्रायः बालबालिका र युवतीहरूको पहिलो रोजाइमा पर्दछ । दूध, क्रिम, ग्लुकोज, चकलेटआदिको मिश्रणलाई चिस्याएर बनाइने आइसक्रिममा क्याल्सियम, भिटामिन र प्रोटिनको मात्रा धेरै हुन्छ । तर के आइसक्रिम मानव स्वास्थ्यका लागि लाभदायक छ त ? आइसक्रिमको फाइदा वा बेफाइदा के–के छ ? आइसक्रिमको बेफाइदा – गुणस्तरहीन आइसक्रिमले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ । – आइसक्रिममा हुने क्यालोरी तथा फ्याटको मात्राले मोटोपन बढाउँछ । – उच्च कोलस्ट्रोल भएका व्यक्तिले आइसक्रिम खाए पक्षघात हुन सक्छ । – यसको सेवनले रक्तधमनीमा रोकावट ल्याई हृदयघात हुने सम्भावनासमेत हुन्छ । – आइसक्रिममा सुगरको मात्रा हुने भएकाले मधुमेहका बिरामीलाई यसले असर पुर्‍याउँछ । – कतिपय आइसक्रिममा ब्याक्टेरियासमेत भेटिन्छ । ती ब्याक्टेरियाले स्वास्थ्य बिगार्न सक्छ । आइसक्रिमका फाइदा – गुणस्तरीय आइसक्रिम खाँदा शरीरमा ऊर्जा पैदा गर्छ । – आइसक्रिममा काब्रोहाइड्रेट र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । – एक आइसक्रिममा औसत १ सय ३७ क्यालोरी हुन्छ । – आइसक्रिम खाँदा तौल बढाउन र शारीरिक कमजोरी हटाउन मद्दत गर्दछ । – आइसक्रिम क्याल्सियम, पोटासियम र फस्फोरसकोसमेत राम्रो स्रोत हो । – यसले रक्तचापको स्तर व्यवस्थित गर्दछ । – आइसक्रिमले दाँत, हड्डी र मांशपेसीलाई समेत मजबुत बनाउँछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै