इन्स्टाग्राममा भिडियो पोष्ट गर्न रेलको लिकमा हिँडेपछि...(भिडियोसहित)
सामाजिक सञ्जालबाट धेरै प्रतिक्रिया आओस्, भाइरल बनियोस् भनेर धेरैले अनौठा भिडियो वा तस्वीर पोष्ट गर्छन् । यसका लागि उनीहरू कतिपय अवस्थामा जोखिमयुक्त कामसमेत गर्न पछि पर्दैनन् ।
तर, यस्ता कतिपय घटनाले मानिसलाई मृत्युको मुखसम्म पुर्याएकाे छ । हालै भारतमा एक युवाले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गर्न एक भिडियो खिचिरहेका थिए । तर उनले यसकालागि जुन जोखिम मोले, यसले उनलाई नै ठूलो क्षति पुर्यायाे ।
आइतबार भारतको तेलङ्गानाको हनमकोँडा जिल्लामा रहेको वाडेपल्ली टैंकस्थित काजीपेट रेलवे स्टेशनको रेलको लिकमा एक युवक भिडियो बनाइरहेका थिए । उनी रेल आउँदै गरेको रेलको लिक नजिक बसेर भिडियो खिचाइरहेका थिए । यतिकैमा रेलले उनलाई यति जोडले ठक्कर मार्याे कि उनी गम्भीर घाइते भए ।
१७ वर्षीय अक्षय राज प्लस टु अध्ययनरत छन् । उनलाई उनका साथीसहित रेल्वे प्रहरीले अस्पताल लगे । रेलले ठक्कर दिएपछि उनी भुइँमा खसेका थिए । उनको होस र सम्झना क्षमता गुमेको थियो । हाल उनी खतरामुक्त छन् । उनको अनुहारमा चोट छ भने खुट्टा भाँचिएको छ । उनलाई प्रहरीले निगरानीमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ ।
https://twitter.com/i/status/1566703058750668800
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:२७
प्रतिक्रिया दिनुहोस्