नेभिगेशन
जीवनयापन

माउन्टेन फ्लाइटमा जाँदै भारतीय स्थल सेनाध्यक्ष

काठमाडौं– भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज बिहान माउन्टेन फ्लाइट गर्ने भएका छन् । आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने तयारीमा रहेका उनी प्रधानमन्त्री देउवालाई भेट्नुअघि माउन्टेन फ्लाइट गर्न लागेका हुन् । उनले दिउँसो ३ बजे प्रधानमन्त्री देउवालाई भेट्ने कार्यक्रम छ । पाँच दिने भ्रमणका क्रममा नेपालमा रहेका पाण्डेले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्दैछन् । साँझ भने उनी पशुपतिनाथको दर्शनमा जानेछन् । पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै