नेभिगेशन
जीवनयापन

टिकटक बनाउँछु भन्दै मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना पक्राउ

काठमाडौँ– एक युवाले अर्को युवासँग परिचय गर्छ । चिनजान नभएको उसले परिचय गरेपछि अर्को युवा पनि साथी बनाउँछन् । अहिले चलेको सामाजिक सञ्जाल टिकटकमा लागि भिडियो बनाउँन भन्दै परिचय गर्न गएका युवाले अर्को साथीको मोटरसाइकल माग्छन् । साथी भएपछि उनलाई मोटरसाइकल दिन त्यति असहज भएन । टिकटकमा भिडियो बनाएपछि मोटरसाइकल फिर्ता हुने  बुझेर उनले मोटरसाइकल दिन्छन् । मोटरसाइकल लिएको साथी फिर्ता हुँदैन। उ हराउँछ । मोटरसाइकल दिने व्यक्तिले प्रहरीमा उजुरी गर्छ । यो कथा होइन् । मीन भवनबाट खटिएको प्रहरी टोलीले टिकटक बनाउने भन्दै मोटरसाइकल लिएर फरार भएका व्यक्तिहरूलाई पक्राउ गरेको बताएको छ। प्रहरीका अनुसार टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १० ठेगाना भएका ३२ वर्षीय रामचन्द्र रावल, सोही ठाउँ ठेगाना भएका १८ वर्षीय किशोर र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ४ टाकुरे ठेगाना भएका ३२ वर्षीय पुस्कर काफ्ले रहेको प्रहरीको भनाइ छ।   प्रहरीका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गर्ने, पार्टपुर्जा बिक्री वितरण गर्ने र चोरीको सामान किन्ने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । चोरी गरी ल्याएको मोटरसाइकलहरू सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ स्थित रावल लेथ एण्ड इन्जिनियरिङ वर्कसपमा लगिदिने गरेको र मोटरसाइकलको पार्टपुर्जा अर्को मोटरसाइकलमा फेर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ। थप आवश्यक अनुसन्धानका लागि उनीहरु तीनै जनालाई  प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीको भनाइ छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै