बेलायती प्रधानमन्त्री जोन्सनले दिए राजीनामा
काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएका छन् ।जोन्सनले आफ्नो कन्जरभेटिभ पार्टीले नयाँ नेताको रुपमा लिज ट्रसलाई निर्वाचित गरेपछि मंगलबार महारानी एलिजावेथ द्वितीयलाई स्कटल्याण्डको बालमोरल पुगेर भेट गरि राजीनामा दिएको बिबिसीले जनाएको छ ।
महारानीले जोन्सनको राजीनामा स्वीकृत गरेको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् । जोन्सनले यस अघि महारानीलाई भेट्न जानु लिज ट्रसलाई आफ्नो पुरै समर्थन रहने बताएका थिए ।
आफ्नो स्वास्थ्यको कारण हाल महारानी एलिजावेथ स्कटल्याण्डको बालमोरलमा रहेकी छन् । यस अघि महारानीको दरबार बर्गिंहम प्यालेसमा हुने नयाँ प्रधानमन्त्रीको शपथ पनि बालमोरलमा नै हुने बताइएको छ ।
अबको केहि बेरमा नै लिज ट्रसले नै महारानीसँग प्रधानमन्त्रीको शपथ लिने बताइएको छ । ट्रसले लामो समयसम्म चलेको दलको नेताको निर्वाचन प्रक्रियामा ऋषि सुनकलाई पराजित गरेर सोमबार दलको नेता चयन भएकी थिइन् ।