नेभिगेशन
जीवनयापन

कांग्रेस नेता सिटौलासँग फेरि पनि भिड्दै राजेन्द्र लिङ्देन

काठमाडौँ– राप्रपाले सो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको नाम झापा क्षेत्र नम्बर ३ बाट एकल सिफारिस गरेको छ । लिङ्देन चौथोपटक झापा ३ बाट उठ्न लागेका हुन्। ०५६ सालको संसदीय निर्वाचनमा पहिलोपटक उठेका उनी त्यस बेला तेस्रो भएका थिए। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा लिङ्देन उठेनन्। ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा लिङ्देन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित भए। ०७४ सालमा वाम गठबन्धनसँग मिलेर उनी कांग्रेस नेता सिटौलालाई पराजित गर्दै उनी पहिलोपटक संसदमा पुगे । आउँदो मंसिर ४ गते हुने निर्वाचनमा लिङ्देन पुन उठ्न लागेका छन्। कांग्रेसबाट सिटौलाको नाम सर्वसम्मतले सिफारिस भएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै