नेभिगेशन
जीवनयापन

सत्ता गठबन्धनको बैठक सहमतिजनजिक पुगेको प्रवत्ता कार्की दाबी

काठमाडौँ– सरकारका प्रवत्ता ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाडफाँटको विषय टुंग्याउन बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको कार्यदलको बैठक सहमतिनजिक पुगेको र भोलि प्रतिवेदन तयार गर्ने सरकारका प्रवत्ता  कार्कीले बताए । ‘कार्यदललाई दिएको जिम्मेबारीको नजिक पुगेका छौं । भोलिको बैठकमा प्रतिवेदन तयार हुन सक्छ’ उनले भने ‘करिब करिब हामी सहमतिको अन्तिम चरणमा छौं । प्रतिनिधि सभा टुंग्याउने अनि प्रदेश सभापनि टुंग्याउने गरी काम भइरहेको छ।’ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तल्लो तहवाट धमाधम सिफारिस आइरहेको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै