नेभिगेशन
जीवनयापन

निरन्तरको प्रयासबाट नै सफल बनेका हेनरी फोर्ड

चालिस वर्षको उमेर पुग्दानपुग्दै हेनरी फोर्डले धेरै असफलताको अनुभव संगालिसकेका थिए । तर उनको सपना भने सदैव तरोताजा रह्यो । उनी सबैले किन्न सक्ने सबभन्दा सस्तो कार बनाउने ध्याउन्नमा थिए, जुन अन्ततः सिद्ध भएरै छाड्यो । अभूतपूर्व काम गर्नु नै सफलताको रहस्य हो भनी ठम्याइसकेका फोर्डलाई एकपटक आठवर्ट सिलिण्डर एउटै ब्लकमा पारी गाडीको इन्जिन बनाउने विचार आएछ, जुन असम्भव देखिन्थ्यो । उनले विशेषज्ञ इन्जिनियरहरूसित योजना प्रस्तुत गर्दा सबैले असम्भव भने । तर फोर्डको दबाबमा परेर इन्जिनियर टिमले एक वर्ष प्रयास गर्‍याे, तर पनि सफल हुन सकेन । यसबाट करोडौंको घाटा भए पनि प्रयास जारी राख्नको लागि जति पनि खर्च गर्न फोर्ड राजी भए । वर्षाैंको मिहिनेत र बारबार असफलतापछि ख्ड इन्जिन तयार भइछाड्यो । साभारः ‘नव सफलता शास्त्र’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै