नेभिगेशन
जीवनयापन

मनुका केही अमर वाणीहरु

१. जुन काम अरुको अधिनमा छ, त्यसलाई प्रयत्नपूर्वक छोड्नु । जुन काम आफ्नो अधिनमा छ त्यसलाई प्रयत्नपूर्वक पूरा गर्नु । २. परवशमा जे पनि दुखदायी छ आफ्नो वशमा जे पनि सुखदायी छ । ३. जुन काम गर्दा अन्तरात्मा आनन्दित हुन्छ, त्यो काम प्रयत्नपूर्वक गर्नु अन्तरात्माको विपरित हुने काम छोडिदिनु । ४. सबै प्रकारका दानहरूमा ज्ञानको दान उत्तम छ । ५. जो व्यक्ति असाधुसँग धन लिएर साधुलाई दिन्छ । उसले आफैलाई डुङ्गा बनाएर दुवैलाई तार्दछ । ६. जुन सभामा सभासदका अगाडि नै अधर्मले धर्मलाई वा असत्यले सत्यलाई पराजित गर्छ त्यहाँ त्यही पापले सभासद् नै नष्ट हुन्छन् । साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै