नेभिगेशन
जीवनयापन

चुट्किला

मरेको छैन डाक्टरः हैन यो बिरामी त मरेछ कि क्या हो ? बिरामीः मरेको छैन डाक्टर साब म त ज्यूँदै छु । नर्सः चुप लाग, तिमी जान्ने कि डाक्टर जान्ने ? पहिलोपटक ससुराली पहिलोपटक ससुराली जान लागेको आफ्नो छोरालाई बुवाले सम्झाउँदै भनेछन्ः छोरा ससुरालीमा जे सोधे पनि अलि बढाएर भन्नु है । छोराः हुन्छ बुवा, त्यति त मैले पनि जानेको छु नि । ससुरालीमा पुगेपछि ससुराले सोधेछन्— ज्वाइँ साहेब तपाईंको त मोटरबाइक पनि छ होइन ? ज्वाइँः हजुर मेरो त गाडी नै छ नि । ससुराः अनि ज्वाइँ साहेब, हजुरको त कपडा पसल पनि छ हैन र ? ज्वाइँः पसल कहाँ हुनु नि कपडा फ्याक्ट्री नै छ नि । ससुराः ज्वाइँ हजुरलाई त खोकी पनि लागेजस्तो छ नि ? ज्वाइँः खोकीमात्र कहाँ हो र मलाई त टिबी नै लागेको छ नि । साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै