Nic Ad Nic Ad
Nic Ad Nic Ad

इन्द्रजात्रा शुरु,बसन्तपुरमा राखियो इन्द्रध्वजोत्थान (तस्वीरहरु)

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–भक्तपुरको जंगलबाट ल्याएको लिंगो आज बिहान ७ः१७ मिनेटको साइतमा हनुमानढोकास्थित काल भैरव अगाडि ठड्याइएको छ । योसँगै नेवार समुदायको विशेष पर्व इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका दरबार स्क्वायर क्षेत्रमा ठड्याएपछि विधिवत् रुपमा ८ दिने जात्रा सुरु भएको छ। यो अवधिमा लाखेनाचहरु देखाउने परम्परा छ। कुमारी, गणेश र भैरवको रथ जात्रासँगै आठौँ दिन लिंगो ढालेपछि जात्रा समाप्त भएको मानिन्छ। लिंगो ठड्याएपछि ८ दिनसम्म घरका बालकदेखि वृद्धसम्मले दिवंगत पितृको सम्झनामा शान्तिपाठ, स्तोत्रपाठ तथा पूजाआजा गर्ने प्रचलन छ। इन्द्रजात्राको मुख्य दिन श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा शुरु हुन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गरी दान दक्षिणापछि रथयात्रा शुरु गर्न अनुरोध गर्ने परम्परा छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा धुलिखेल र दोलखालगायतका स्थानमा पनि मनाइन्छ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्