नेभिगेशन
जीवनयापन

लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौँ – काठमाडौँको विभिन्न स्थानबाट प्रहरीले अवेध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागूऔषध फेनारगन ३ सय १ एम्पुल, नुर्फिन २ सय ९७ एम्पुल र डाईजेपाम ३ सय एम्पुल सहित भारत घर भएका ३० वर्षीय कौशल पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

गौरबाट काठमाडौँतर्फ आउँदै गरेको ना।१ ज ७२४५ नम्बरको टाटा सुमोलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ५ केजी गाँजाको धूलोसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे मण्डन देउपुर नगरपालिका–१० बस्ने २१ वर्षीय प्रकाश तमाङ लगायत २ जना छन् । उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना।७ ख ५६१२ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै