नेभिगेशन
जीवनयापन

निर्वाचन घोषणापत्र तयारीको जिम्मा कांग्रेस महामन्त्री शर्मालाई

काठमाडौँ– नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन घोषणापत्र तयारी समितिको जिम्मेवारी दिएको छ। पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार महामन्त्री शर्मालाई निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेका हुन्। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति देउवाले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ संयोजकमा महामन्त्री शर्मालाई मनोनयन गरेका हुन्। कांग्रेसले मङ्सिर ४ गते हुने सङ्घीय चुनावको तयारी अनुरूप महामन्त्री शर्मालाई घोषणापत्र तयारी समितिको संयोजक मनोनयन गरेको हो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै