नेभिगेशन
जीवनयापन

बाँकेमा डेंगुबाट दुई जनाको मृत्यु, ७५ जिल्लामा डेगूँ संक्रमण

काठमाडौँ– बाँकेमा डेंगुबाट दुई जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा मृत्यु भएका दुवै जना जिल्ला बाहिरका हुन् । एक जना कैलाली र अर्का बर्दियाका बिरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका ६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा आज भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै, देशका ७५ जिल्लामा डेगूँ संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आजको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा सञ्जयकुमार ठाकुरले कोरोना सङ्क्रमणका साथै हाल देशका अधिकांश जिल्लामा डेगूँ संक्रमण देखिनुका साथै काठमाडौँ उपत्यका लगायत केही जिल्लामा डेगूँ संक्रमण प्रकोपको रुपमा बढ्दै गएको बताए । एडीस प्रजातिका लामखुट्टेको टोकाईबाट सर्ने डेगूँ दिनको घाम उदाएको २ घण्टा पछि र घाम अस्ताउनु २ घण्टा अघिको समयसम्म सक्रिय रहने भएकोले लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै