नेभिगेशन
जीवनयापन

साहको साथबाट १ लाख ८० हजार रकम लुटियो

जनकपुरधाम– धनुषाको सपही गाउँपालिकाका रामदेव साहको साथमा रहेको रकम लुटिएको छ । सपहीमा रहेको मेघा बैङ्कबाट रकम झिकेर घरतर्फ जान लागेको बेलामा पछाडिबाट मोटरसाइकलमा आएका दुई जनाले आज दिउँसो रकम राखेको झोला लुटेर फरार भएका थिए । बैङ्कबाट साहले १ लाख ८० हजार रकम झिकेर घरतर्फ जान लाग्दा पछाडिबाट मोटरसाइकलमा सवार भएका दुई जनाले हातबाट झोला लिएर फरार भएको पीडितको भनाई उद्धृत गर्दै धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । घटनाको विषयमा छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रकम लुट्नेको खोजी भइरहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौलेले जानकारी दिँदै यसमा संलग्न प्रहरीको नियन्त्रणमा आउने बताए । केही महिना अगाडी मात्र जनकपुरधामबाट महिलासँग रकम लुटेर फरार भएका दुई लुटेरालाई प्रहरीले लुटिएको रकमसहित पक्राउ गरेर सार्वजनिक गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै