नेभिगेशन
जीवनयापन

स्टाण्ड अप कमेडियन अपूर्व क्षितिज अस्पताल भर्ना

काठमाडौँ– स्टाण्ड अप कमेडियन अपूर्व क्षितिज सिंह वीर अस्पताल भर्ना भएका छन् । नेवा: समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका अपूर्वलाई मंगलबार अस्पताल भर्ना गरीएको हो । तर मंगलबार उनी अस्पताल भर्ना भएको विषय सार्वजनिक गरिएको थिएन । जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा रहेका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको एक सुरक्षा अधिकारीले जानकारी दिए । उनी भदौ १२ गते पक्राउ परेका थिए ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै