Nic Ad Nic Ad
Nic Ad Nic Ad

इलामको रोङमा कभर्डहल निर्माण

बिहीबार, मंसिर ८, २०७९
मंगलबारे–इलामको रोङ गाउँपालिकामा मिनि कभर्र्ड हल निर्माण गरिएको छ । गाउँपालिकाको धार्मिक एवं पर्यटकीयस्थल हाँसपोखरीमा कभर्र्डहल निर्माण गरिएको हो । सो कभर्डहल निर्माणका लागि गाउँपालिकाको रु २५ लाख, संसदीय विकास कोष इलाम क्षेत्र नं १ को ३० लाख र प्रदेश नम्बर १ पर्यटन मन्त्रालयको रु आठ लाख लागत गरी जम्मा रु ६३ लाख रकम खर्च भएको छ । कभर्र्डहलमा ब्याटमिन्टन, टेबलटेनिस, मार्सलआर्टलगायतका खेल सञ्चालन तथा प्रशिक्षण हुने भएपछि सो क्षेत्रका खेलाडी हर्षित भएका छन् । कभर्ड हलसहित शौचालय र चेन्जिङ रुमको समेत निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्यांबो (सुवास) ले जानकारी दिए । सो क्षेत्र विशेष गरी कराते खेलका लागि उर्बर मानिन्छ । सो कभर्डहलमा अन्तर्राष्ट्रियस्तरको मापदण्डमा केही खेल सञ्चालन गर्न सकिने बताइएको छ । रोङ गाउँपालिकाबाट खेल खेल्दै स्थानीय देश विदेशमा गएरसमेत विभिन्न खेल खेलिरहेका छन् । विसं २०४५ देखि निरन्तर कराँते खेलको साधनामा लागेका, सामाजिक व्यक्ति अन्तर्राष्ट्रिय रेफ्री योगेश चाम्लिङ खेलाडीको लक्ष्य पूरा गर्न सो कभर्डहलले मद्दत पुग्ने विश्वास व्यक्त गर्छन् । बर्खाको समयमा खेल अभ्यासका लागि समेत समस्या थियो । त यो समस्या हटेको स्थानीय खेलाडीको भनाइ छ । सो कभर्डहललाई खेलकुदका कार्यक्रमसहित विभिन्न सभा सम्मेलन गर्नका लागिसमेत प्रयोग गर्न सक्नुपर्नेमा स्थानीय अगुवाको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:११
प्रतिक्रिया दिनुहोस्