नेभिगेशन
जीवनयापन

महात्मा गान्धीका केही अमर वाणीहरु

१. तात्कालिक आवश्यकता यो हैन कि धर्म एक होऊन्, बरु यो हो कि विभिन्न धर्मका अनुयायीमा परस्पर आदर र सहिष्णुता होस् । २. वास्तविक शिक्षा त त्यो हो जसद्वारा हामीले आफूलाई, आत्मालाई, ईश्वरलाई र सत्यलाई पहिचान गर्न सकौँ । ३. हृदयमा देवासुर संग्राम चलिनै रहन्छ । कहिले हामीलाई असुरले भ्रमित पार्दछ र कहिले देवताले बाटो देखाउँछन् । यो हामी सधैँ बुझ्न सक्दैनौँ । धर्मले नै हामीलाई यो विवेक दिन्छ । ४. ईश्वर त कावामा छन् न काशीमा नै । न मन्दिरमा न मस्जिदमा । ती त चराचरमा व्याप्त छन्, हर हृदयमा उपस्थित छन् । ५. मलाई आफ्नो धर्म झुटो लागेमा मैले त्यसलाई त्याग्नुपर्दछ । अन्य धर्मको जे कुरा राम्रो लाग्दछ त्यसलाई अपनाउनु पर्दछ । आफ्नो अपूर्ण धर्मलाई पूर्ण बनाउनु हाम्रो कर्तव्य हो । ६. मेरो धर्म सिद्धान्त ईश्वरतर्फको हो, त्यसैले मनुष्य जातिको सेवामा एउटा वासीको नाताले मैले भारतको सेवा र एक हिन्दूको नाताले भारतीय मुसलमानको सेवा गरिन भने न त ईश्वरको सेवा गर्न सक्छु न मनुष्य जातिको । साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै