इन्द्रजात्राको दोश्रो दिन,२०५ कन्या कुमारीको पूजा (तस्वीरहरु)
काठमाडौँ–इन्द्र जात्राको अवसरमा तलेजु भवानी मन्दिर अगाडि कुमारी पूजा गरिएको छ । इन्द्र जात्राको अघिल्लो दिन बिहीबार कुमारीहरूको पुजा गरिएको हो ।
कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने विश्वास गर्ने गरिन्छ । महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्पराअनुसार पूजा गरिएको हो । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पुजा गर्ने प्रचलन छ ।
भोलिदेखि सुरु हुने इन्द्र जात्राका लागि हिजो बिहान इन्द्रध्वजोत्थान गरिएको थियो । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान पछि कुमारी पुजा भएको हो ।
कुमारी पुजा गरेपछि तल्लो टोल र माथिल्लो टोल यात्रा गराइने प्रचलन रहेको छ। त्यसपछि नानिचा यात्रा गरिने छ भने इन्द्रध्वज पतन भएपछि जात्राको कार्यक्रम समापन हुन्छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २३:२९
प्रतिक्रिया दिनुहोस्