नबिल र युनिलिभर बीच च्यानल फाइन्यासिङका लागि सम्झौता
काठमाडौँ – नबिल बैंक लि. र युनिलिभर नेपाल लि. बीच च्यानल फाइन्यासिङ सुविधाका लागि सहकार्य भएको छ ।
नबिल बैंकक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभर नेपाल लि. का तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखर्जीले सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता हस्ताक्षर सगै युनिलिभर नेपाल लि. ले आफ्ना तीन जना वितरकहरुलाई च्यानल फाइन्यासिङ सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो ।
यस अन्तर्गत युनिलिभर नेपाल लि. सँग आबद्ध व्यवसायीहरुले च्यानल पार्टनर को रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरुबाट च्यानल फाइन्यासिङ कर्जा उपभोग गर्न पाउने छन् ।
च्यानल फाइन्यासिङका प्रमुख आर्कषण अन्तर्गत च्यानल प्रिन्सिपल ले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुतmानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एस. एम. ई. कर्जा पनि उपलब्ध हुनेछ ।
युनिलिभर नेपाल लि. सँग सहकार्यका बारेमा बोल्दै नबिल बैंक लि. का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंङ्गानाले बंैकसँग आबद्ध व्यवसायीहरुलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ च्यानल फाइन्यासिङ सुविधाका साथै अन्य एस. एम. ई. कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०९
प्रतिक्रिया दिनुहोस्