नेभिगेशन
जीवनयापन

सन्दीप लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी!

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौंजिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न बिहीबार प्रहरीलाई अनुमति दिएको हो । प्रहरी उच्च श्रोतका अनुसार नेपाल फर्कने बित्तिकै उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गर्ने तयारी छ । सन्दिपविरुद्ध एक नाबालिक किशोरीले मंगलबार गौशाला प्रहरीमा बलात्कार गरेको भन्दैजाहेरी दिएपछि उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो । हाल अहिले उनी क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिजको जमैकामा रहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै