नेभिगेशन
जीवनयापन

चरेससहित दुई भारतीय पक्राउ

बैतडी– बैतडीमा लागूऔषध चरेससहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। भारतको बिहारस्थित पश्चिम चम्पारणका २३ वर्षीय ताहिर आलम र २४ वर्षीय लालेश्वर चौधरीलाई लागूऔषध चरेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मंगलबार राति ९ बजे गोठालापानी बजारबाट खटिएको प्रहरी टोलीले गोठालापानी शाहिलेक पक्की सडकखण्डको छेउबाट उनीहरूको साथबाट पाँच सय मिलिग्राम चरेस फेला पारेको थियो। पक्राउ परेकालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै