नेभिगेशन
जीवनयापन

कञ्चनपुर १ बाट विना मगरको नाम सर्वसम्मत सिफारिस

कैलाली – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुहारी पूर्वमन्त्री विना मगरको नाम कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएको छ । बिहीबार प्रतिनिधिसभाको लागि मगरको एकल नाम सिफारिस गरिएको हो । यता समानुपातिक तर्फ भने जिउलाल चौधरी, प्रेम सिह बोहरा, मनोहर राना, मन्कु चौधरी, गोपाल काफ्ले, राम बहादुर देउकर र सीता विकको नाम सिफारिस भएको छ । गएको २०७४ सालको निर्वाचनमा विनाले कांग्रेसका उम्मेदवार देवानसिंह विष्टलाई १९ हजार ५ सय ८४ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्य भएकी थिइन् । त्यसैगरी ,प्रदेश सभा क बाट कञ्चन गिरी, दीपक तिमिल्सिना, दीपक बिसी९आदर्श०, भक्ता राना, लोकेन्द्र लम्साल प्रत्यक्ष र कृष्ण पण्डित, पदम परियार, फुल्लन राना, बिरबल विश्वकर्मा, भागुराम चौधरी, रिता विक समानुपातिकमा सिफारिस भएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै