नेभिगेशन
जीवनयापन

भारतीय सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता

काठमाडौं– भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे पाँच दिने नेपाल भ्रमण पूरा गरेर बिहीबार स्वदेश फर्किएका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाण्डे आइतबार पाँच दिने नेपाल भ्रमणका लागि नेपाल आएका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीलगायतले बिहीबार बिदाई गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जनाएको छ । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालगायतसँग भेटवार्ता गरेका थिए । भदौ २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए । सोमबार बिहान भद्रकालीस्थित जङ्गी अड्डामा दुई देशका सैनिक प्रमुखबीच भेटवार्ता भएको थियो । प्रधानसेनापति शर्मालाई भेट्नुअघि सेनाध्यक्ष पांडेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । पाण्डेले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्डको समेत भ्रमण गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै